लेवी 12
12
सुत्केरीको शुद्धीकरण
1याहवेहले मोशालाई भन्नुभयो, 2“इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे। 3आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ। 4त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्। 5त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ।
6“ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्। 7त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे।
“ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्। 8यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”
Цяпер абрана:
लेवी 12: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.