एफिसी 6
6
छोरा-छोरी र माता-पिता सम्बन्धी अर्ती
1छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।#कल ३:२० 2आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),#प्रस २०:१२; व्य ५:१६ 3कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।
4बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।#कल ३:२१
कमारा र मालिकहरूलाई अर्ती
5कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।#कल ३:२२-२५ 6मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्टका दासहरूझैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर। 7मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, 8यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।
9मालिक हो, आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर, र धम्की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा पक्षपात छैन।#व्य १०:१७; कल ३:२५; ४:१
परमेश्वरका हातहतियार
10अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ। 11दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर। 12किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो। 13यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
14यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,#यशै ११:५; ५९:१७ 15र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।#यशै ५२:७ 16साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। 17मुक्तिको टोप लगाओ, र#यशै ५९:१७ पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। 18सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
19मेरो निम्ति पनि प्रार्थना गर, कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्य घोषणा गर्न सकूँ, 20जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्नुपर्ने हो, त्यसरी म साहससँग बोल्न सकूँ।
अन्तिम अभिवादन
21म कस्तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस् भनेर प्रिय भाइ र प्रभुमा विश्वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्।#प्रे २०:४; २ तिमो ४:१२ #कल ४:७-८ 22हाम्रो हालचाल कस्तो छ तिमीहरूलाई थाहा होस् र तिमीहरूका हृदयलाई प्रोत्साहन मिलोस् भन्ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।
23परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट दाजुभाइहरूलाई शान्ति र विश्वाससहितको प्रेम! 24हाम्रा प्रभु येशू ख्रीष्टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्।
Цяпер абрана:
एफिसी 6: NNRV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012