एफिसी 5

5
1यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ। 2तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो।#प्रस २९:१८; भज ४०:६
3तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन। 4कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌। 5किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन।
6कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ। 7यसकारण तिनीहरूसँग सहभागी नहोओ, 8किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर, 9किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ, 10र प्रभुलाई मन पर्ने के हो सो सिक्‍ने कोसिस गर। 11अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ। 12किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो। 13तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो। 14यसैले यस्‍तो भनिएको छ:
“ए निद्रामा परेकाहरू,
जाग र मरेकाहरूबाट उठ,
र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”
15यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो। 16समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।#कल ४:५ 17यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ। 18दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ। 19एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै#कल ३:१६-१७ 20सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।
21ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
पति पत्‍नीसम्‍बन्‍धी अर्ती
22पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।#कल ३:१८; १ पत्र ३:१ 23किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ। 24जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।
25पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,#कल ३:१९; १ पत्र ३:७ 26यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, 27र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।
28त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। 29किनकि कुनै मानिसले कहिल्‍यै आफ्‍नो शरीरलाई घृणा गर्दैन, तर त्‍यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले पनि आफ्‍नो मण्‍डलीको निम्‍ति गर्नुहुन्‍छ, 30किनभने हामी उहाँका शरीरको अङ्ग हौं। 31“यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”#उत २:२४ 32यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु। 33जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।

Цяпер абрана:

एफिसी 5: NNRV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце