मत्ती 6:16-18

मत्ती 6:16-18 NCV

“जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्। तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ। अनि तिमीहरू उपवास बसेका छौ भन्‍ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्‍तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।

Gratis leesplanne en oordenkings oor मत्ती 6:16-18