उत्पत्ति 12

12
अब्रामको बोलावट
1याहवेहले अब्रामलाई भन्‍नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु।#12:1 जुन म तँलाई उत्तराधिकारको रूपमा दिनेछु।
2“म तँलाई एउटा महान् जाति बनाउनेछु;
अनि म तँलाई आशिष् दिनेछु;
तेरो नामलाई महान् तुल्याउनेछु;
अनि तँ आशिष्‌को मूल बन्‍नेछस्।
3तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु;
अनि तँलाई श्राप दिनेलाई म श्राप दिनेछु; अनि
पृथ्वीका सबै जातिहरूले
तँद्वारा नै आशिष् पाउनेछन्।”
4यसकारण याहवेहले अब्रामलाई भन्‍नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए। 5अब्रामले आफ्नी पत्नी साराई, आफ्नो भतिजो लोत, र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिए; अनि तिनीहरू सबै कनान देशतिर लागे; अनि तिनीहरू त्यहाँ आइपुगे।
6अब्राम त्यस देशबाट यात्रा गर्दै मोरेको फलाँटको ठूला रूखहरू भएको ठाउँ शेकेमसम्म आइपुगे। त्यस बेला त्यस देशमा कनानीहरू बस्थे। 7तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।
8त्यसपछि तिनी त्यहाँबाट बेथेलको पूर्वपट्टिका पहाडहरूतिर गए, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर तिनले आफ्नो पाल टाँगे। त्यहाँ तिनले याहवेहका निम्ति एउटा वेदी बनाए, र याहवेहको नामलाई पुकार#12:8 पुकार अथवा आराधना गरे।
9तब अब्राम लगातार यात्रा गर्दै दक्षिणतिर#12:9 दक्षिणतिर अथवा नेगेव लागे।
इजिप्टमा अब्राम
10तब त्यस देशमा अनिकाल पर्‍यो; अनिकाल विकराल भएकोले अब्राम केही समयको लागि इजिप्टमा बसोबास गर्न गए। 11तिनी जब इजिप्टमा प्रवेश गर्न लागेका थिए, तब तिनले आफ्नी पत्नी साराईलाई भने, “तिमी कति सुन्दरी स्त्री छ्यौ भनी म जान्दछु। 12जब इजिप्टियनहरूले तिमीलाई देख्नेछन्, तब तिनीहरूले भन्‍नेछन्, ‘यिनी त त्यसकी पत्नी रहिछिन्।’ तब तिनीहरूले मलाई मार्नेछन्, तर तिमीलाई चाहिँ जीवितै छाड्नेछन्। 13तिमीले तिमी मेरी बहिनी हौ भनी भनिदेऊ; र तिम्रो खातिर मेरो भलाइ हुनेछ, र तिम्रो कारणले गर्दा मेरो जीवन बाँच्नेछ।”
14जब अब्राम इजिप्टमा आए, तब इजिप्टियनहरूले साराईलाई एउटी अति सुन्दरी स्त्री रहेछिन् भनी देखे। 15अनि जब फारोका अधिकारीहरूले तिनलाई देखे, तब तिनीहरूले फारोको सामु तिनको रूपको प्रशंसा गरे; त्यसकारण साराईलाई फारोको महलमा लगियो। 16साराईको खातिर फारोले अब्रामसित असल व्यवहार गरे; अनि तिनले अब्रामलाई भेडाबाख्रा, गाईबस्तु, गधा, सेवक-सेविका र ऊँटहरू दिए।
17तर याहवेहले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमा भयानक महामारीहरू पठाउनुभयो। 18यसकारण फारोले अब्रामलाई बोलाएर भने, “तिमीले मसित के गर्‍यौ? साराई तिम्री पत्नी हुन् भनी तिमीले किन भनेनौ? 19तिमीले किन ‘तिनी त मेरी बहिनी हुन्’ भनी भन्यौ? त्यसैले त मैले तिनलाई पत्नी तुल्याउनलाई लगेँ। अब हेर तिम्री पत्नी यहाँ छिन्। तिनलाई लिएर यहाँबाट गइहाल!” 20तब फारोले अब्रामको विषयमा आफ्ना मानिसहरूलाई आदेश दिए; अनि तिनीहरूले तिनलाई तिनकी पत्नी र तिनीसित भएका सबै थोकसहित त्यहाँबाट पठाइदिए।

Kleurmerk

Kopieer

Vergelyk

Deel

None

Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan

Video vir उत्पत्ति 12