प्रस्थान 7

7
1तब याहवेहले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरतुल्य बनाएको छु, र तेरा दाजु हारूनचाहिँ तेरा निम्ति प्रवक्ता हुनेछ। 2मैले तँलाई आज्ञा गरेका प्रत्येक कुरा तैँले भन्‍नू, र तेरा दाजु हारूनले फारोलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर पठाइदेओस्। 3तर म फारोको हृदय कठोर पारिदिनेछु, र म इजिप्टमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूका संख्या बढाउनेछु। 4तर फारोले तेरो कुरा सुन्‍नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु। 5जब म आफ्नो हात इजिप्टको विरुद्धमा पसारेर इस्राएलीहरूलाई तिनीहरूको बीचबाट निकालेर बाहिर ल्याउनेछु, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
6तब मोशा र हारूनले याहवेहले तिनीहरूलाई आज्ञा दिनुभएझैँ गरे। 7तिनीहरूले फारोसित कुरा गर्दा मोशा असी वर्ष र हारून त्रियासी वर्ष पुगेका थिए।
हारूनको लहुरो सर्पमा परिणत भएको
8याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, 9“जब फारोले तिमीहरूलाई ‘एउटा आश्‍चर्य कर्म गर’ भन्ला, तब हारूनलाई ‘तपाईंको लहुरो लिएर फारोको सामु भुइँमा फालिदिनुहोस्’ भन्‍नू, तब त्यो एउटा सर्प बन्‍नेछ।”
10यसकारण मोशा र हारून फारोकहाँ गएर याहवेहले आज्ञा गर्नुभएझैँ गरे। हारूनले फारो र उनका अधिकारीहरूको सामु आफ्नो लहुरो भुइँमा फाले, र त्यो एउटा सर्प बन्यो। 11तब फारोले बुद्धिमान् मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई बोलाए; अनि इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै कामहरू गरे: 12प्रत्येकले आफ्नो लहुरो भुइँमा फाले, र त्यो सर्प भयो। तर हारूनको लहुरोले उनीहरूका लहुरोहरूलाई निलिदियो। 13तैपनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ, उनले तिनीहरूका कुरा सुनेनन्।
रगतको विपत्ति
14तब याहवेहले मोशालाई भन्‍नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन। 15बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा। 16तब त्यसलाई भन्, ‘याहवेह हिब्रूहरूका परमेश्‍वरले मलाई तपाईंकहाँ यसो भन्‍न पठाउनुभएको छ: मेरा मानिसहरूलाई उजाडस्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तपाईंले अहिलेसम्म सुन्‍नुभएको छैन। 17याहवेह यसो भन्‍नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ। 18नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ”
19याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर इजिप्टका पानीहरू—नदीनालाहरू, पोखरीहरू र सबै जलाशयहरूमाथि तेरो हात पसार—तब ती सबै रगत हुनेछन्।’ इजिप्टका सबै ठाउँहरू, यहाँसम्म कि काठका भाँडाहरू#7:19 अथवा तिनीहरूका मूर्तिहरू। र ढुङ्गाका भाँडाहरूमा समेत रगतै-रगत हुनेछ।”
20मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो। 21नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो।
22तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्। 23बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्। 24अनि सारा इजिप्टियनहरूले पिउने पानीको लागि नील नदीको वरिपरि खने; किनकि उनीहरूले नदीको पानी पिउन सकेनन्।
भ्यागुताहरूको विपत्ति
25याहवेहले नील नदीमाथि प्रहार गर्नुभएको सात दिन बितिसकेको थियो।

Kleurmerk

Kopieer

Vergelyk

Deel

None

Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan

Video vir प्रस्थान 7