प्रस्थान 27
27
होमबलिको वेदी
1“तैँले बबुल काठको तीन क्यूबिट#27:1 लगभग 4 फिट 6 इन्च अग्लो एउटा वेदी बनाउनू; त्यो पाँच क्यूबिट लामो र पाँच क्यूबिट चौडा#27:1 लगभग 7 फिट 6 इन्च लामो र 7 फिट 6 इन्च चौडा भएको वर्गाकार होस्। 2चार कुनामा एक-एक वटा सिङ बनाउनू, ताकि सिङहरू र वेदी एउटै टुक्राको होस्; अनि वेदीलाई काँसोले मोहोर्नू। 3त्यसका सबै भाँडाहरू काँसाको बनाउनू—त्यसका खरानी उठाउने भाँडाहरू र त्यसका बेल्चाहरू, पानी छर्कने बाटाहरू, मासुको लागि काँटाहरू र आगो राख्ने पात्रहरू। 4त्यसका लागि काँसोको जालीबाट एउटा झिँजा बनाउनू, र जालीका चारै कुनामा एक-एक वटा काँसाका मुन्द्राहरू बनाउनू। 5त्यसलाई वेदीको मुन्तिर यस प्रकारले लगाउनु कि त्यो वेदीको आधा भागसम्म आओस्। 6वेदीका निम्ति बबुल काठका डण्डाहरू बनाएर तिनीहरूलाई काँसोले मोहोर्नू। 7ती डण्डाहरूलाई मुन्द्राहरूमा यस्तो किसिमले छिराउनू कि वेदीलाई बोक्दा तिनीहरू वेदीका दुई छेउमा होऊन्। 8फल्याकहरूसित तैँले त्यसलाई खोक्रो गरी बनाउनू। यो तँलाई पर्वतमा देखाइदिएजस्तै गरी बनाउनू।
आँगन
9“समागम पालको लागि एउटा आँगन बनाउनू। त्यसको दक्षिणी भाग एक सय क्यूबिट लामो#27:9 लगभग 150 फिट लामो बनाउनू र त्यसमा मसिनो गरी बाटेको सुती कपडाको पर्दा बनाउनू। 10त्यस पर्दाका लागि बीस वटा खम्बा र काँसाका बीस वटा आधारहरू बनाउनू; अनि ती खम्बाहरूमा चाँदीका अङ्कुसेहरू र फित्ताहरू हुनुपर्छ। 11उत्तरको भाग पनि एक सय क्यूबिट लामो#27:11 लगभग 150 फिट लामो र त्यसमा पर्दाहरू हुनुपर्छ; अनि ती पर्दाहरूका लागि बीस वटा खम्बाहरू र काँसाका बीस वटा आधारहरू र ती खम्बाहरूमा चाँदीका अङ्कुसे र फित्ताहरू हुनुपर्छ।
12“आँगनको पश्चिमी भागका पर्दाहरू पचास क्यूबिट चौडा#27:12 लगभग 75 फिट चौडा हुनुपर्छ। त्यसमा दश वटा खम्बाहरू र दश वटा आधारहरू हुनुपर्छ। 13पूर्वतिर, सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा#27:13 लगभग 75 फिट चौडा हुनुपर्छ। 14मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट#27:14 लगभग 22 फिट 6 इन्च लामा हुनुपर्छ; जसका तीन वटा खम्बाहरू र तीन वटा आधारहरू हुनुपर्छ, 15अनि तीन वटा खम्बाहरू र तीन वटा आधार भएका पन्ध्र क्यूबिट#27:15 लगभग 22 फिट 6 इन्च लामा पर्दाहरू अर्कोतिर होऊन्।
16“आँगनको प्रवेशद्वारका लागि चार वटा खम्बाहरू र चार वटा आधारहरू भएका, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो बाटेको सुती कपडामा बुट्टा भर्नेको शिल्पकारी भएको बीस क्यूबिट लामो#27:16 लगभग 30 फिट लामो एउटा पर्दा बनाउनू। 17आँगनको चारैतिरका सबै खाँबाहरूमा चाँदीका अङ्कुसे र फित्ता र काँसाका आधारहरू बनाउनू। 18आँगन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा#27:18 लगभग 150 फिट लामो र 75 फिट चौडा हुनुपर्छ; त्यसमा काँसाका आधार भएका मसिनो बाटेका सुती कपडाका छ क्यूबिट#27:18 लगभग 7 फिट 6 इन्च अग्ला पर्दाहरू हुनुपर्छ। 19समागम पालको सेवामा प्रयोग गरिने सबै सामानहरू, पालका किलाहरू, आँगनका किलाहरू लगायत सबै, चाहे तिनीहरूका काम जेसुकै होस्, ती काँसाका हुनुपर्छ।
सामदानका लागि तेल
20“इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्। 21भेट हुने पालमा, साक्षी पाटीको सामु भएको पर्दा बाहिर हारून र त्यसका छोराहरूले याहवेहको सामु साँझदेखि बिहानसम्मै दियाहरू बलिरहने बनाउनुपर्छ। यो इस्राएलीहरूका बीचमा आउने पुस्ताहरूका निम्ति सदा रहिरहने विधि हुनुपर्छ।
Tans Gekies:
प्रस्थान 27: NCV
Kleurmerk
Kopieer
Vergelyk
Deel
Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.