प्रस्थान 25

25
समागम पालका निम्ति भेटीहरू
1याहवेहले मोशालाई भन्‍नुभयो, 2“इस्राएलीहरूलाई मेरो निम्ति भेटी ल्याउनू भन्। मेरो निम्ति हृदयदेखि नै दिने इच्छा गर्ने प्रत्येक मानिसबाट तैँले भेटी ग्रहण गर्नू।
3“तिनीहरूबाट तैँले प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्:
“सुन, चाँदी र काँसो;
4निलो र बैजनी, रातो धागो र मसिनो सुती कपडा;
बाख्राको भुत्ला;
5भेडाका रातो रङ्गले रङ्गाएको छालाहरू र सीलका छालाहरू;
बबुलका काठ;
6बत्तीको निम्ति जैतुनको तेल;
अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू;
7अनि एपोद#25:7 एपोद पुजारीले लगाउने वस्त्र र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।
8“तब तिनीहरूले मेरा लागि एउटा समागम पाल बनाऊन्, र म तिनीहरूको माझमा बास गर्नेछु। 9मैले तँलाई जस्तो नमुना देखाउनेछु, ठिक त्यहीअनुसार समागम पाल र त्यसका सबै सामानहरू बनाउनू।
सन्दुक
10“तिनीहरूले बबुल काठको साढे दुई क्यूबिट लामो, साढे एक क्यूबिट चौडा र साढे एक क्यूबिट#25:10 लगभग 45 इन्च लामो, 27 इन्च चौडा र 27 इन्च अग्लो अग्लो सन्दुक बनाऊन्। 11त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोर्नू, र त्यसको चारैतिर सुनको बिट बनाउनू। 12अनि त्यसका निम्ति सुनका चार वटा मुन्‍द्रा, त्यसका चार खुट्टामा बाँध्नू—दुई मुन्द्राहरू एकापट्टि र दुई वटा अर्कापट्टि। 13तब बबुल काठका डण्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू। 14ती डण्डाहरू सन्दुक बोक्नलाई त्यसका दुवैतिर भएका मुन्द्राहरूमा लगाउनू। 15ती डण्डाहरू त्यस सन्दुकका मुन्द्राहरूमै रहून्; तिनीहरूलाई ननिकाल्नू। 16त्यस सन्दुकभित्र मैले तँलाई दिने साक्षी पाटी राख्नू।
17“तैँले निखुर सुनको साढे दुई क्यूबिट लामो र साढे एक क्यूबिट चौडा एउटा पाप समाधान-स्थान#25:17 केही अनुवादहरूमा कृपा-आसन बनाउनू। 18त्यसपछि पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू#25:18 सामान्यतया परमेश्‍वरका स्वर्गदूतहरू बराबर मानिन्थ्यो, तर कुन प्रकारको पखेटा भएको प्राणी हो भनी हामी यकिनका साथ भन्‍न सक्दैनौँ। बनाउनू। 19एउटा करूब त्यस पाप समाधान-स्थानको एकापट्टि र अर्को करूब अर्कोपट्टि बनाउनू। ती करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्रा हुने गरी दुवैतिर बनाउनू। 20ती करूबहरूका पखेटाहरू पाप समाधान-स्थानलाई ढाक्ने गरी उँभोतिर फर्केका होऊन्। ती करूबहरू पाप समाधान-स्थानतिर हेर्दै एक-अर्कापट्टि फर्केका होऊन्। 21त्यस पाप समाधान-स्थानलाई सन्दुकको माथिपट्टि राख्नू; अनि मैले तँलाई दिने साक्षी पाटी त्यसभित्र राख्नू। 22अनि त्यहीँ करारको सन्दुकमाथि भएका दुई करूबहरूको बीचमा भएको पाप समाधान-स्थानमाथि म तँलाई भेट्नेछु; र इस्राएलीहरूका निम्ति मेरा सबै आज्ञाहरू तँलाई दिनेछु।
टेबुल
23“तैँले बबुल काठको एउटा टेबुल—दुई क्यूबिट लामो, एक क्यूबिट चौडा र साढे एक क्यूबिट अग्लो#25:23 लगभग 36 इन्च लामो, 18 इन्च चौडा र 27 इन्च अग्लो बनाउनू। 24त्यसलाई तैँले निखुर सुनले मोहोर्नू, र त्यसका चारैतिर सुनको बिट बनाउनू। 25साथै त्यसका चारैतिर चार औँला#25:25 लगभग 3 इन्च चौडाइ भएको घेरा बनाउनू, र त्यसमा सुनको बिट लगाउनू। 26टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँध्नू। 27त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा होऊन्। 28बबुल काठका डण्डाहरू बनाएर त्यसलाई सुनले मोहोर्नू, र तिनीहरूकै सहायताले टेबुल बोक्नू। 29त्यसका थालहरू अनि कचौराहरू, साथै करूवाहरू र भेटी खन्याउने कचौराहरू पनि निखुर सुनको बनाउनू। 30यस टेबुलमाथि उपस्थितिको रोटी मेरो सामु हर समय राख्नू।
सामदान
31“तैँले निखुर सुनको एउटा सामदान बनाउनू; घनले पिटेर त्यसको आधार र डण्डा बनाउनू; त्यसका फूलजस्ता कचौराहरू, कोपिलाहरू र फूलहरू त्यससित एउटै टुक्राबाट बनाउनू। 32तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका होऊन्। 33एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू होऊन्; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा होऊन्। 34अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू बनाउनू। 35पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि होऊन्—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू। 36ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको होस्।
37“तब त्यसका सात वटा दियाहरू बनाउनू र त्यसको नजिक ठाउँमा उज्यालो देखियोस् भनेर तिनलाई त्यसमाथि राख्नू। 38त्यसको सलेदो ठिक गर्ने चिम्टा र मोसोदानी निखुर सुनका होऊन्। 39सामदान र त्यसका सबै पात्रहरू एक टालेन्ट#25:39 अथवा 34 किलो निखुर सुनको बनाउनू। 40ती सबै तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार बनाउनू।

Kleurmerk

Kopieer

Vergelyk

Deel

None

Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan

Video vir प्रस्थान 25