प्रस्थान 13
13
जेठाहरूको अर्पण
1याहवेहले मोशालाई भन्नुभयो, 2“पहिले जन्मेका प्रत्येक पुरुषलाई मेरा निम्ति अर्पण गर। इस्राएलीहरूबीच गर्भको हरेक पहिलो फल मेरो हो—चाहे त्यो मानिस होस् वा पशु।”
3तब मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर, जुन दिन तिमीहरू इजिप्टबाट, दासत्वको देशबाट निस्केर आयौ; किनकि याहवेहले तिमीहरूलाई शक्तिशाली हातले त्यहाँबाट बाहिर निकालेर ल्याउनुभयो। खमिर भएको कुनै कुरा नखाओ। 4आज आबीब#13:4 प्राचीन हिब्रूहरूले चन्द्र वर्ष मान्दथे, जसअनुसार आबीब वर्षको पहिलो महिना हो, र यो अप्रिल महिनामा पर्दछ। महिनामा तिमीहरू निस्कँदैछौ। 5जब याहवेहले तिमीहरूलाई कनानीहरू, हित्तीहरू, एमोरीहरू, हिव्वीहरू र यबूसीहरूको देश—उहाँले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनेर शपथ खानुभएको दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, तब तिमीहरूले यही महिनामा यो उत्सव मनाउनुपर्छः 6सात दिनसम्म खमिर नमिसाइएको रोटी खानू र सातौँ दिनमा याहवेहका निम्ति चाड मनाउनू। 7ती सात दिनहरूमा अखमिरी रोटी खानू; तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। 8त्यस दिन तिमीहरूले आफ्ना छोरालाई भन्नू, ‘म इजिप्टबाट निस्केर आउँदा याहवेहले मेरो लागि जे गर्नुभयो, त्यसका लागि म यो गर्छु।’ 9याहवेहको व्यवस्था तिमीहरूका ओठमा रहोस् भनी यो रीति तिमीहरूको हातमा एउटा चिन्हस्वरूप र तिमीहरूका निधारमा एउटा सम्झना दिलाउने कुरो हुनेछ; किनकि याहवेहले तिमीहरूलाई इजिप्टबाट उहाँको शक्तिशाली हातले निकालेर ल्याउनुभयो। 10तिमीहरूले यो रीति वर्षैपिच्छे तोकिएको समयमा पालन गर्नुपर्छ।
11“उहाँले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूसित शपथद्वारा प्रतिज्ञा गर्नुभएझैँ याहवेहले तिमीहरूलाई कनानीहरूको देशमा ल्याएर त्यो तिमीहरूलाई दिनुभएपछि, 12तिमीहरूले प्रत्येक गर्भको पहिलो फल याहवेहलाई दिनुपर्छ। तिमीहरूका पशुहरूका पहिले जन्मेका सबै नरहरू याहवेहकै हुन्। 13पहिले जन्मेको गधालाई एउटा पाठो दिएर छुटाउनू, तर तिमीहरूले त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। तिमीहरूका छोराहरूमध्ये जेठालाई छुटाउनू।
14“भविष्यमा जब तिमीहरूका छोराले ‘यसको अर्थ के हो?’ भनी सोध्नेछ, तब त्यसलाई भन्नू, ‘याहवेहले हामीलाई शक्तिशाली हातले दासत्वको देश इजिप्टबाट निकालेर ल्याउनुभयो। 15जब फारोले हठी भएर हामीलाई जान दिएनन्, याहवेहले इजिप्टमा मानिस र पशुबाट प्रथम जन्मेका हरेकलाई मार्नुभयो। यसैकारण म प्रत्येक गर्भको प्रथम नरलाई याहवेहका निम्ति बलिदान चढाउँछु, र मेरा पहिला जन्मेका प्रत्येक छोरालाई छुटाउँछु।’ 16अनि याहवेहले हामीलाई इजिप्टबाट शक्तिशाली हातले निकालेर ल्याउनुभयो भन्ने यो तिमीहरूका हातमा चिन्हस्वरूप र निधारमा सङ्केतस्वरूप हुनेछ।”
लाल समुद्रपार गरेका
17जब फारोले ती मानिसहरूलाई जान दिए, याहवेहले तिनीहरूलाई पलिश्तीहरूको देश भएर डोर्याउनुभएन; यद्यपि त्यो छोटो थियो। किनकि परमेश्वरले भन्नुभयो, “तिनीहरूले युद्धको सामना गर्नुपर्यो भने तिनीहरूले आफ्ना मन परिवर्तन गरेर इजिप्टतिरै फर्कन सक्छन्।” 18यसकारण परमेश्वरले मानिसहरूलाई घुमाएर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोमा डोर्याउनुभयो। इस्राएलीहरू इजिप्टबाट लडाइँको लागि तयारी भएर निस्के।
19मोशाले आफूसित योसेफको अस्थि लगे; किनकि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लाएका थिए। तिनले भनेका थिए, “परमेश्वर निश्चय नै तिमीहरूको सहायताका निम्ति आउनुहुनेछ, र तिमीहरूले मेरो अस्थि यस ठाउँबाट आफूसित लैजानुपर्छ।”#13:19 हेर्नुहोस् उत्प 50:25
20सुक्कोत छोडेपछि तिनीहरू उजाडस्थानको नजिकै एथाममा पाल टाँगेर बसे। 21तिनीहरू दिन र रात यात्रा गर्न सकून् भनेर दिउँसो याहवेह तिनीहरूलाई बाटोमा डोर्याउनलाई बादलको खामोमा र राति तिनीहरूलाई प्रकाश दिनलाई आगोको खामोमा तिनीहरूका अगि-अगि जानुभयो। 22न त दिउँसो बादलको खामोले, न त राति आगोको खामोले मानिसहरूका अगि-अगि जान कहिल्यै छोड्यो।
Tans Gekies:
प्रस्थान 13: NCV
Kleurmerk
Kopieer
Vergelyk
Deel
Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.