हाग्गै 1
1
याहवेहको भवन बनाउनको लागि आह्वान
1दारा राजाको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यरुबाबेल, जो यहूदाका राज्यपाल थिए; अनि यहोसादाकका#1:1 मूल भाषामा यहोसादाकको अर्को नाम योसादक। छोरा यहोशू, जो प्रधान पुजारी थिए; तिनीकहाँ याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:
2सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यी मानिसहरू भन्छन्, ‘याहवेहको भवन निर्माण गर्ने समय अझै आएको छैन।’ ”
3तब याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: 4“के यो भवन भग्नावशेष अवस्थामा रहेको बेला तिमीहरू आफूचाहिँ बुट्टेदार काठले सजिएको घरमा बस्ने समय हो र?”
5यसकारण अब सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालहरूलाई होसियारीसाथ विचार गर। 6तिमीहरूले धेरै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान्छौ, तर कहिल्यै अघाउँदैनौ। तिमीहरू पिउँदछौ, तर तिमीहरूको तिर्खा कहिल्यै मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ, तर तिमीहरूलाई न्यानो हुँदैन। तिमीहरू कमाइ त गर्छौ, तर त्यसलाई प्वाल परेको थैलीमा राख्दछौ।”
7सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालको होसियारीसाथ विचार गर। 8पर्वतहरूमा उक्लेर जाओ र काठ लिएर आओ; अनि मेरो भवन बनाओ, ताकि म त्यसमा प्रसन्न हुन सकूँ र मेरो महिमा होस्,” याहवेह भन्नुहुन्छ। 9“तिमीहरूले धेरै आशा गरेका थियौ, तर हेर, त्यो थोरै हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले उडाइदिएँ। मैले किन त्यसो गरेँ?” सेनाहरूका याहवेह भन्नुहुन्छ। “किनकि मेरो भवनचाहिँ नष्ट भएको छ; अनि तिमीहरू हरेकचाहिँ आफ्नो घर बनाउनमा व्यस्त छौ। 10यसर्थ तिमीहरूको कारणले गर्दा नै आकाशले शीत पार्न र पृथ्वीले आफ्नो अन्न उब्जाउन छोडेको छ। 11मैले जमिनहरू, पर्वतहरू, अन्न, नयाँ दाखमद्य, जैतुनको तेल र जमिनको अन्य उब्जनीमा मानिसहरूमाथि, पृथ्वीका पशुप्राणीहरू र तिमीहरूका हातका परिश्रममा खडेरी निम्त्याएको छु।”
12तब शालतिएलका छोरो यरुबाबेल र यहोसादाकका छोरा यहोशू प्रधान पुजारी; अनि बाँकी रहेका मानिसहरूले याहवेह आफ्ना परमेश्वरको वचन र हाग्गै अगमवक्ताको कुरा पालन गरे; किनकि हाग्गैलाई याहवेह तिनीहरूका परमेश्वरले पठाउनुभएको थियो। अनि ती मानिसहरूले परमेश्वरको डर माने।
13तब याहवेहका समाचारवाहक हाग्गैले याहवेहको यो सन्देश मानिसहरूलाई दिए: “म तिमीहरूका साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। 14अनि यसरी याहवेहले शालतिएलको छोरा, यहूदाका राज्यपाल, यरुबाबेल र यहोसादाकको छोरा, यहोशू प्रधान पुजारी र बाँकी रहेका समस्त मानिसहरूका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सेनाहरूका याहवेह तिनीहरूका परमेश्वरको भवन निर्माण गर्न थाले। 15यो काम तिनीहरूले दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा सुरु गरे।
प्रतिज्ञा गरिएको नयाँ भवनको महिमा
दारा राजाको शासनकालको दोस्रो वर्ष,
Markert nå:
हाग्गै 1: NCV
Marker
Kopier
Sammenlign
Del
Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.