रूथ 2:1-3

रूथ 2:1-3 NCV

अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो। मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्‍टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।” यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए।

रूथ 2 पढ्नुहोस्