प्रकाश 5:9-14

प्रकाश 5:9-14 NCV

अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ; किनकि तपाईं मारिनुभएको थियो; अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो। तपाईंले तिनीहरूलाई हाम्रा परमेश्‍वरको सेवा गर्नलाई राज्य र पुजारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।” तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। चर्को सोरमा तिनीहरूले यो गीत गाए: “मारिनुभएको थुमा, शक्ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!” तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति सदासर्वदा भइरहोस्!” चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।

प्रकाश 5 पढ्नुहोस्