उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्न तपाईं मात्र योग्य हुनुहुन्छ किनभने तपाईं मारिनुभयो र आफ्नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्वरको लागि मानिसहरूलाई किन्नुभयो। त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।” फेरि मैले हेरें र करोडौं स्वर्गदूतहरू गाइरहेका सुनें। उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्यको हुनुहुन्छ!” स्वर्ग, पृथ्वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्मान् र अधिकार भइरहोस्!” अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्डवत् गर्दै आराधना गरे!
प्रकाश 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 5:9-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू