अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए: “तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ, अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ। यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ। अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।” तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए। ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने: “त्यो भेंडा़को पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम, उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।” तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनें। मैले तिनीहरू सबैले यो भनेको सुनें, “उहाँ एक जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडा़को पाठाप्रति, सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा-सर्वदा रहुन्।” ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे।
यूहन्नालाई भएको प्रकाश 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नालाई भएको प्रकाश 5:9-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू