भजनसंग्रह 41:5-9

भजनसंग्रह 41:5-9 NCV

मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?” जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ। मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्; तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्, “त्यसलाई घातक रोग लागेको छ; त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।” मेरो घनिष्‍ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।

भजनसंग्रह 41 पढ्नुहोस्