गन्ती 2:1-9

गन्ती 2:1-9 NCV

याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।” पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 74,600 हुन्छ। इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 54,400 हुन्छ। जबूलूनका कुल इस्साखारको छेउमा बस्‍नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 57,400 हुन्छ। यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।

गन्ती 2 पढ्नुहोस्