परमप्रभुले मोशा र हारूनलाई यी आदेशहरू दिनुभयो, “जब इस्राएलीहरू छाउनी लाएर बस्छन्, हरेक मानिस आ-आफ्नो गोत्र र दलको झन्डामुनि रहनेछ र तिनीहरूले आ-आफ्ना पालचाहिँ पवित्र पालको केही पर त्यसलाई घेरेर हाल्नुपर्नेछ।” पूर्वपट्टि यहूदा दलको झन्डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्ना अगुवाका साथमा यस प्रकारले पालमा बस्नेछन्: यहूदा अम्मीनादाबको छोरो नहशोन ७४,६०० इस्साखार सूआरको छोरो नतनेल ५४,४०० जबूलून हेलोनको छोरो एलीआब ५७,४०० जम्मा १,८६,४००। यहूदाको दल पहिले हिँड्नेछ।
गन्ती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 2:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू