गन्ती 2:1-9

गन्ती 2:1-9 NNRV

परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरू प्रत्‍येकले आफ्‍नो परिवारको ध्‍वजाको साथमा आ-आफ्‍नो झन्‍डाको मुन्‍तिर पाल टाँगोस्‌। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्‍नो पाल टाँगून्‌।” पूर्वतिर घाम झुल्‍कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्‍डाको मुन्‍तिर छाउनी हालून्‌। यहूदाका मानिसहरूका कुलनायक अम्‍मीनादाबका छोरा नहशोन होऊन्‌। गन्‍तीअनुसार तिनको दल ७४,६०० छन्‌। तिनको नजिकै इस्‍साखारको कुलले पाल ठड़्याओस्‌। इस्‍साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५४,००० छन्‌। त्‍यसपछि जबूलूनको कुल होस्‌। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५७,४०० छन्‌। यहूदाको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,८६,४०० छ। यिनीहरू नै अगिअगि हिँड़ेर जानेछन्‌।