गन्ती 2:1-9

गन्ती 2:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरू प्रत्‍येकले आफ्‍नो परिवारको ध्‍वजाको साथमा आ-आफ्‍नो झन्‍डाको मुन्‍तिर पाल टाँगोस्‌। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्‍नो पाल टाँगून्‌।” पूर्वतिर घाम झुल्‍कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्‍डाको मुन्‍तिर छाउनी हालून्‌। यहूदाका मानिसहरूका कुलनायक अम्‍मीनादाबका छोरा नहशोन होऊन्‌। गन्‍तीअनुसार तिनको दल ७४,६०० छन्‌। तिनको नजिकै इस्‍साखारको कुलले पाल ठड़्याओस्‌। इस्‍साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५४,००० छन्‌। त्‍यसपछि जबूलूनको कुल होस्‌। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५७,४०० छन्‌। यहूदाको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,८६,४०० छ। यिनीहरू नै अगिअगि हिँड़ेर जानेछन्‌।

शेयर गर्नुहोस्
गन्ती 2 पढ्नुहोस्

गन्ती 2:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।” पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 74,600 हुन्छ। इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 54,400 हुन्छ। जबूलूनका कुल इस्साखारको छेउमा बस्‍नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 57,400 हुन्छ। यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।

शेयर गर्नुहोस्
गन्ती 2 पढ्नुहोस्

गन्ती 2:1-9 पवित्र बाइबल (NERV)

मोशा र हारूनलाई परमप्रभुले भन्नुभयो, “इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ। “यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो। तिनको दलमा 74,600 मानिसहरू छन्। “तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्। उसको दलमा 54,400 मानिसहरू छन्। “जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र, तिनको दलमा 57,400 मानिसहरू थिए। “यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।

शेयर गर्नुहोस्
गन्ती 2 पढ्नुहोस्