यहोशू 18:11-28
यहोशू 18:11-28 NCV
पहिलो चिट्ठा बेन्यामीनको कुलको वंशलाई पर्यो। तिनीहरूको भागमा परेको प्रान्त यहूदा र योसेफका बीचमा पर्यो। उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भएर यरीहोको उत्तरीय ओरालो भएर पश्चिमतिरको पहाडी मुलुक हुँदै बेथ-आवेनको उजाडस्थानमा निस्केको थियो। त्यहाँबाट त्यो पार भएर दक्षिणतिरको लूज (अर्थात्, बेथेल) को भिरमा पुगेर तल्लो बेथ-होरोनको दक्षिणको पहाडमा भएको अतारोत-अद्दारमा झरेको थियो। दक्षिणतिर भएको बेथ-होरोनतिर फर्केको पहाडको सिमाना पश्चिमतिर हुँदै दक्षिणतिर मोडिन्थ्यो। अनि यहूदाको सहर किर्यत-बालमा (अर्थात्, किर्यत-यारीम) निस्कन्थ्यो। पश्चिमी सिमाना यही थियो। दक्षिण भागको सिमाना पश्चिम किर्यत-यारीमको दुर्गम भागमा सुरु भएर त्यो सिमाना नेप्तोहको पानीको मूलमा निस्केको थियो। त्यो सिमाना रपाईको बेँसीको उत्तरमा भएको बेन-हिन्नोमको बेँसीतिर फर्केको पहाडको फेदतिर झरेको थियो। त्यो दक्षिणपट्टि यबूसी सहरको ओरालो हुँदै हिन्नोम बेँसीमा भएर एन-रोगेलसम्म पुगेको थियो। त्यसपछि त्यो उत्तरतिर मोडिएर एन-शेमेशमा हुँदै अदुम्मीमको घाटीतिर फर्केको गलिलोत भएर रूबेनका छोरा बोहनको ढुङ्गामा पुगेको थियो। त्यो उत्तरपट्टि बेथ-अराबाको भिरालोतिर बढेर अराबामा झरेको थियो। तब त्यो बेथ-होग्लाको उत्तरी भिरालोतिर हुँदै उत्तरीय मृत सागरको खाडीमा टुङ्गिएको थियो, जुन दक्षिणतिरको यर्दन नदीको अन्त्यमा पर्दथ्यो। योचाहिँ दक्षिणको सिमाना थियो। यर्दन नदी पूर्वपट्टिको सिमाना थियो। यी बेन्यामीनका कुलहरूको उत्तराधिकारको चारैतिर लगाइएका सिमानाहरूका चिन्ह थिए। यी बेन्यामीनको कुलको वंशअनुसारका सहरहरू थिए: यरीहो, बेथ-होग्ला, एमेक-कसीस, बेथ-अराबा, समारैम, बेथेल, अव्वीम, पारा, ओप्रा, कपर-अमोनी, ओप्नी र गेबा गरी बाह्र सहरहरू र तिनीहरूका गाउँहरू थिए। गिबोन, रामा, बेरोत, मिस्पा, कपीरा, मोसा, रेकेम, यिर्पल, तरला, सेलाह, एलेप, यबूसी सहर (अर्थात्, यरूशलेम) गेबा र किर्यत गरी चौध वटा सहरहरू र तिनीहरूका गाउँहरू। बेन्यामीनको वंशहरूका निम्ति तिनीहरूको उत्तराधिकारको भाग यही नै थियो।

