यशैया 28:9-12
यशैया 28:9-12 NCV
“त्यसले कसलाई सिकाउन चाहेको छ? आफ्नो सन्देश कसलाई बयान गरिरहेको छ? भर्खर दूध छोडेका बच्चाहरू, भर्खर स्तनबाट अलग गरिएकाहरूलाई? किनकि त्यो यस्तो हो: यो गर, त्यो गर; यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ।” त्यसो हो भने परमेश्वरले यस जातिसित परदेशीका ओठ र अनौठो भाषाद्वारा बोल्नुहुनेछ; जसलाई उहाँले भन्नुभयो, “विश्रामस्थल यही हो; थाकेकाहरूले यहीँ नै विश्राम गरून्;” अनि “थकाइ मार्ने स्थान यही हो,” तर तिनीहरूले सुन्न इन्कार गरे।

