यशैया 28:9-12
यशैया 28:9-12 NNRV
“त्यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई? किनकि यस्तो छ— गरिबस, गरिबस, शासन गर, शासन गर, यहाँ अलिकति, त्यहाँ अलिकति।” त्यसो हो भने, अन्य भाषा र अरू नै बोलीद्वारा परमप्रभु यस प्रजासित बोल्नुहुनेछ, जसलाई उहाँले भन्नुभयो, “विश्राम गर्ने ठाउँ यही हो, थाकेकाहरूले यहीँ नै विश्राम गरून्। अनि आरामको ठाउँ यही हो।” तापनि तिनीहरूले सुन्ने मन गरेनन्।

