उत्पत्ति 32:3-8

उत्पत्ति 32:3-8 NCV

याकोबले आफूभन्दा अगाडि एदोम देशको सेइर भन्‍ने ठाउँमा तिनका दाजु एसावकहाँ दूतहरू पठाए। अनि तिनले तिनीहरूलाई आदेश दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू: ‘तपाईंको सेवक याकोब भन्छन्, म लाबानसित बस्दैथिएँ र अहिलेसम्म त्यहीँ नै बसेँ। मसित गाईबस्तु, गधाहरू, भेडा र बाख्राहरू र सेवक-सेविकाहरू छन्। म मेरा मालिककहाँ मैले उहाँको दृष्‍टिमा कृपा पाऊँ भनी यो समाचार पठाउँदैछु।’ ” जब ती दूतहरू याकोबकहाँ फर्के, तब तिनीहरूले भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ, र अहिले उहाँ तपाईंलाई भेट्न यतैतिर आइरहनुभएको छ, र उहाँको साथमा चार सय मानिसहरू छन्।” यो खबर सुनेर याकोब अत्यन्तै डराएर आत्तिए; यसकारण याकोबले आफूसित भएका मानिसहरू, साथै बथानहरू, बगालहरू र ऊँटहरूलाई दुई दलमा विभाजन गरे। तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।”

उत्पत्ति 32 पढ्नुहोस्