याकूबले एदोम देशमा आफ्ना दाजु एसावकहाँ अघि-अघि आफ्ना दूतहरूलाई पठाए। तिनीहरूलाई एसावलाई यसो भन्नू भनेर सिकाएर पठाए, “तपाईंको दास याकूबले आफ्ना स्वामी एसावलाई यसो भन्छ कि म लाबानसित बसेको थिएँ र अहिलेसम्म फर्किनँ। मसँग गाई-गोरु, गधा, भेडा-बाख्रा र कमारा-कमारीहरू छन्। तपाईंको दया पाऊँ भनी हजुरलाई यो खबर बिन्ती गर्दछु।” ती दूतहरू फर्की आए र याकूबलाई भने, “हामी तपाईंको दाजु एसावकहाँ गयौं। तपाईंलाई भेट्न उहाँ आउँदै हुनुहुन्छ। उहाँसित चार सय मानिसहरू छन्।” याकूब डराए अनि चिन्तामा परे। आफूसित भएका मानिसहरू, भेडा-बाख्रा, गाई-गोरु र ऊँटहरू पनि दुई भाग गरेर उनले छुटाए र दुई हुल गरे। उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्न सक्ला।
उत्पत्ति 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 32:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू