उत्‍पत्ति 32:3-8

उत्‍पत्ति 32:3-8 NNRV

याकूबले एदोमका देशको सेइरमा आफ्‍ना दाजु एसावकहाँ आफ्‍नो अगि दूतहरू पठाए। याकूबले तिनीहरूलाई यसो भन्‍ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू, ‘तपाईंको दास याकूब यसो भन्‍छ, म लाबानसँग बसोबास गरी अहिलेसम्‍म त्‍यहीँ रहें। मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्‍ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्‍ती गर्न पठाएको हुँ’।” ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्‍छ।” तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे। “यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्‍कन सक्‍ला” भनी तिनले सोचे।