उत्पत्ति 25:21-26

उत्पत्ति 25:21-26 NCV

आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्। तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्। तब याहवेहले तिनलाई भन्‍नुभयो, “तेरो गर्भमा दुई राष्ट्रहरू छन्, अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्; एउटा जाति अर्कोभन्दा बलियो हुनेछ; अनि जेठोले कान्छोको सेवा गर्नेछ।” जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए। पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव राखे। त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्‍चा समातेको थियो; यसकारण त्यसको नाम याकोब राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।

उत्पत्ति 25 पढ्नुहोस्