उत्पत्ति 25:21-26
उत्पत्ति 25:21-26 सरल नेपाली
रिबेकाका छोरा-छोरी भएका थिएनन् र इसहाकले उनको लागि परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले उनको प्रार्थनाको उत्तर दिनुभयो र रिबेका गर्भवती भइन्। उनका पेटमा जुम्ल्याहा बालक थिए र जन्मनुभन्दा अघि ती दुई आमाका पेटमै आपसमा लड्थे। उनले भनिन्, “किन मलाई यस्तो भयो?” अनि तिनी परमप्रभुलाई सोध्न गइन्। परमप्रभुले उनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, दुई आपसमा लड्ने जातिहरूलाई तैँले जन्म दिनेछस्। एउटा अर्कोभन्दा बलियो हुनेछ, जेठोचाहिँले कान्छाको सेवा गर्नेछ।” उनले जन्माउने बेला भयो र जुम्ल्याहा छोराहरू जन्माइन्। पहिलाको जन्मचाहिँ राता-राता, जिउभरि लुगा लाएजस्तो रौँ भएको थियो। यसकारण त्यसको नाम एसाव राखियो। दोस्रो दाजुचाहिँको कुर्कुच्चा च्याप्प समातेर जन्म्यो। यसकारण त्यसको नाम याकूब राखियो। तिनीहरू जन्मँदा इसहाक ६० वर्ष पुगेका थिए।

