उत्पत्ति 25:21-26
उत्पत्ति 25:21-26 NNRV
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्। गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्त गर्न लागे। “किन मलाई यस्तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्मनेछन्। एक जना अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ।” तिनको सुत्केरी हुने बेला आयो, र तिनको कोखमा जुम्ल्याहा रहेछन्। जेठोचाहिँ रातो वर्णको, शरीरभरि रौँको लुगा लाएजस्तै जन्म्यो। यसकारण त्यसको नाउँ एसाव राखियो। त्यसपछि त्यसको भाइचाहिँ एसावको कुर्कुच्चा हातले समातेर निस्क्यो। यसैकारण त्यसको नाउँ याकूब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।

