गलाती 1:14-18

गलाती 1:14-18 NCV

मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ। तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्‍वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्दा अगिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ। अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें।

गलाती 1 पढ्नुहोस्