गलाती 1:14-18

गलाती 1:14-18 सरल नेपाली

म त्‍यसबेला इस्राएली धर्म मान्‍नेहरूमा मेरै दौंतरहरूका कट्टर अगुवा थिएँ। मेरा पुर्खाको रीतिथितिलाई म मरिमेटेर मान्‍दथें। तर परमेश्‍वरले आफ्‍नो खुसीले म जन्‍मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्‍नै काम गर्न बोलाउनुभयो। उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्‍नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्‍यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ। मभन्दा अघिका प्रेरितहरूसँग सल्‍लाह माग्‍न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्‍कसमै फर्किएँ। तीन वर्षपछि मात्र म पत्रुसलाई भेट्‍न यरूशलेम गएँ र सँगै त्‍यहाँ पन्‍ध्र दिन बसें।

गलाती 1 पढ्नुहोस्