गलाती 1:14-18
गलाती 1:14-18 NNRV
हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ। तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई, जब अन्यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ, न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ। तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्ध्र दिनसम्म बसें।

