जब फारोले यो सुने, तब उनले मोशालाई मार्न खोजे; तर मोशा फारोदेखि भागेर गए, र मिद्यानमा बस्न लागे; अनि त्यहाँ तिनी एउटा इनारको छेउमा बसे। मिद्यानका एक जना पुजारीका सात जना छोरीहरू थिए। आफ्ना पिताका बगाललाई पानी खुवाउन तिनीहरू इनारमा आए, र पानी उघाउँदै डुँडमा भर्न लागे। तब त्यहाँ केही गोठालाहरू पनि आए र तिनीहरूलाई धपाए; तर मोशा उठे, र तिनीहरूलाई सहायता गरे, र तिनीहरूका बगाललाई पानी पिउन दिए। जब ती ठिटीहरू आफ्ना पिता रूएलकहाँ फर्किए, तब तिनले तिनीहरूलाई सोधे, “आज तिमीहरू कसरी यति चाँडो फर्कियौ?” तिनीहरूले जवाफ दिए, “एक जना इजिप्टियनले हामीलाई गोठालाहरूका हातबाट बचाए। तिनले त हाम्रा निम्ति पानी पनि उघाइदिए, र बगाललाई समेत पानी खुवाए।” उनले आफ्ना छोरीहरूलाई सोधे, “अनि तिनी कहाँ छन्? तिमीहरूले तिनलाई किन छोडिदियौ? तिनलाई खानलाई निम्तो देऊ।” त्यसपछि मोशा ती मानिससित बस्न राजी भए; र उनले आफ्नी छोरी सिप्पोरालाई मोशासित विवाह गरिदिए।
प्रस्थान 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 2:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू