प्रस्‍थान 2:15-21

प्रस्‍थान 2:15-21 NNRV

फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्‍यहाँ एउटा कूवानेर बसे। मिद्यानका पूजाहारीका सात जना छोरीहरू थिए। तिनीहरू त्‍यहाँ पानी भर्नलाई आए, र आफ्‍ना बुबाका भेड़ाबाख्रालाई पानी खुवाउन डूँड़ भर्न लागे। यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए। जब तिनीहरू आफ्‍ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?” तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्‍यसबाहेक तिनले हाम्रा निम्‍ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।” तब उनले आफ्‍ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्‌? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्‍याओ।” तब मोशा ती मानिससित बस्‍न राजी भए। उनले आफ्‍नी छोरी सिप्‍पोराचाहिँ मोशालाई विवाहमा दिए।