मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैंलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए। जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे। त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेंडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए। तर त्यहाँ केही भेंडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बँचाए अनि पानी झिके र पशुहरूलाई दिए। तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?” केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।” यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसँगै खाओस्।” मोशा रूएलसँग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासँग मोशाको विवाह गरिदिए।
प्रस्थानको पुस्तक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 2:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू