प्रेरित 8:4-13

प्रेरित 8:4-13 NCV

तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए। फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले। जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। यसरी त्यस सहरमा ठूलो आनन्द छायो। त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो। साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे। तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो। तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए। सिमोन आफैँले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्‍क पर्‍यो।

प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:4-13 को लागि भिडियो