प्रेरित 8:4-13

प्रेरित 8:4-13 सरल नेपाली

छरिएका प्रभुका विश्‍वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे। फिलिपचाहिँ सामरिया सहरमा गए र त्‍यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे। फिलिपको कुरा सुनेर उनले गरेका अचम्‍मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्‍यान दिएर सुने। धेरै मानिसहरूबाट भूत चिच्‍च्‍याउँदै निस्‍केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए। यसरी सामरिया सहरमा ठूलो हर्ष फैलियो। त्‍यो सहरमा सिमोन नाउँ गरेको एक जना मान्‍छे थियो। उसले केही समयदेखि नै सामरियाका मानिसहरूलाई आफ्‍नो जादूगरीले दङ्ग पारेको थियो। उसले आफैंलाई धेरै ठूलो हुँ भनी ठान्‍थ्‍यो। सहरका साना-ठूला सबै मानिसहरूले “त्‍यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्‍थे। धेरै समयदेखि नै मानिसहरूलाई आफ्‍नो जादूले दङ्ग पारेको हुनाले सबैले त्‍यसलाई मान्‍थे। तर जब फिलिपले परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्दै येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्‍छ भन्‍ने सुसमाचार सुनाए, तब धेरै मानिसहरूले फिलिपको कुरामा विश्‍वास गरे। पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्‍मा लिए। सिमोनले पनि विश्‍वास गर्‍यो र बप्‍तिस्‍मा पायो। त्‍यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्‍न लाग्‍यो। फिलिपले गरेका अचम्‍मका कामहरू र चिन्‍हहरू देखेर ऊ छक्‍कै पर्थ्‍यो।

प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:4-13 को लागि भिडियो