प्रेरित 17:10-12

प्रेरित 17:10-12 NCV

रात पर्नेबित्तिकै, विश्‍वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए। थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे। परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्‍वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्‍ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्‍वास गरे।

प्रेरित 17 पढ्नुहोस्

प्रेरित 17:10-12 को लागि भिडियो