रात पर्ने बित्तिकै प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावल र सिलासलाई बेरिया सहरमा पठाए। त्यहाँ आइपुगेर उनीहरू यहूदीहरूको सभाघरमा गए। त्यहाँका मानिसहरू थेसलोनिकेका मानिसहरूभन्दा धेरै असल थिए। तिनीहरूले परमेश्वरको प्रचार एकदम मीठो मानेर सुने। पावलले भनेका कुरा मिल्छ कि मिल्दैन भनेर तिनीहरूले दिनहुँ धर्मशास्त्र पढेर जाँच्थे। धेरै यहूदीहरूले प्रभुमा विश्वास गरे। त्यसै गरी नाउँ चलेका निकै ग्रीक स्त्री र ग्रीक पुरुषहरूले समेत प्रभुमाथि विश्वास गरे।
प्रेरित 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 17:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू