प्रेरित 17:10-12
प्रेरित 17:10-12 NNRV
भाइहरूले तुरुन्तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए। यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे। यसकारण यिनीहरूमध्ये धेरैले, साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्वास गरे।

