2 कोरिन्थी 1:20-23

2 कोरिन्थी 1:20-23 NCV

किनकि परमेश्‍वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्‍टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्‍वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ। अब परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ। तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।

2 कोरिन्थी 1 पढ्नुहोस्