२ कोरिन्थी 1:20-23
२ कोरिन्थी 1:20-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी “आमेन” भन्छौं। तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीमाथि आफ्नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। परमेश्वर मेरो साक्षी हुनुहुन्छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्थमा आइनँ।
२ कोरिन्थी 1:20-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ। अब परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्ने पक्का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ। तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।
२ कोरिन्थी 1:20-23 पवित्र बाइबल (NERV)
परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सधैँ “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं। अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ। हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ। म तिमीहरूलाई यो भन्छु अनि यो साँच्चो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस् भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुःखाउनु चाहन्नथें।
२ कोरिन्थी 1:20-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरका सबै प्रतिज्ञाहरू येशू ख्रीष्टमा पूरा हुन्छन्, यसैकारणले उहाँकै नाउँमा र परमेश्वरको आदरको निम्ति हामी ‘आमेन’ भन्दछौं। परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउनुभएको छ। उही परमेश्वरले हामीलाई अलग गर्नुभएको छ र मेरै हो भन्ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्मा दिनुभएको छ। मेरो हृदय जान्नुहुने परमेश्वरलाई साक्षी राखेर म भन्दछु, तिमीहरूलाई अप्ठ्यारो नहोस् भनेर नै म कोरिन्थमा नआएको हुँ।