२ कोरिन्थी 1:20-23

२ कोरिन्थी 1:20-23 सरल नेपाली

परमेश्‍वरका सबै प्रतिज्ञाहरू येशू ख्रीष्‍टमा पूरा हुन्‍छन्, यसैकारणले उहाँकै नाउँमा र परमेश्‍वरको आदरको निम्‍ति हामी ‘आमेन’ भन्‍दछौं। परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दरिलो बनाउनुभएको छ। उही परमेश्‍वरले हामीलाई अलग गर्नुभएको छ र मेरै हो भन्‍ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्‍मा दिनुभएको छ। मेरो हृदय जान्‍नुहुने परमेश्‍वरलाई साक्षी राखेर म भन्‍दछु, तिमीहरूलाई अप्‍ठ्यारो नहोस् भनेर नै म कोरिन्‍थमा नआएको हुँ।

२ कोरिन्थी 1 पढ्नुहोस्