२ कोरिन्थी 1:20-23

२ कोरिन्थी 1:20-23 NNRV

किनकि परमेश्‍वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्‍छ। यसैकारण उहाँद्वारा परमेश्‍वरका महिमाको निम्‍ति हामी “आमेन” भन्‍छौं। तर हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दह्रिला पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले हामीमाथि आफ्‍नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ। परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्‍थमा आइनँ।