भजनसंग्रह 137:1-6

भजनसंग्रह 137:1-6 NERV

हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौं। हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ। बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने। तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं? हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए, मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ। यरूशलेम यदि मैले तिमीलाई भुलेको भए, तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।

भजनसंग्रह 137 पढ्नुहोस्