बेबिलोनका नदीहरूका किनारमा बसेर, सियोनको स्मरण गर्दा हामी रोयौं। त्यहाँका बैँसका रूखहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौं। किनकि हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लाए, र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्दका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतमध्ये एउटा गीत गाओ।” बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्छौं? हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सीप भुलोस्। मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्ठ आनन्द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्।
भजनसंग्रह 137 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 137
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 137:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू