भजनसंग्रह 137:1-6

भजनसंग्रह 137:1-6 सरल नेपाली

हामी बेबिलोनका नदीका किनारमा बस्‍यौं, त्‍यहाँ सियोनलाई सम्‍झेर हामी रोयौं। आफ्‍ना वीणा हामीले छेउका बैंसका रूखमा झुन्‍डायौं। हामीलाई कैद गर्नेहरूले गाउन लाए, तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए: “हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।” हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र? हे यरूशलेम, मैले तिमीलाई बिर्सें भने म फेरि कहिल्‍यै पनि वीणा बजाउन नसकूँला! मैले तिमीलाई याद गरिनँ भने र तिमीलाई आफ्‍नो सर्वोत्तम आनन्‍द मानी याद गरिनँ भने म फेरि कहिल्‍यै गाउन नसकूँला!

भजनसंग्रह 137 पढ्नुहोस्