येशूले फेरि भन्नुभयो, “म साँच्चो भन्दछु। म भेंडा़हरूको लागि ढोका हुँ। जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेंडा़ले तिनीहरूलाई ध्यान दिएनन्। म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ। “म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन। “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु। मसँग अन्य भेंडा़हरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ। मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु। मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।” फेरि यहूदीहरू आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो। धेरै यहूदीहरूले भने, “भूतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?” तर अन्य यहूदीहरूले भने, “भूतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भूतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अँहँ!” यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड़ पनि आयो। येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो। यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।” येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ। तिमीहरू तर विश्वास गर्दैनौ। किनभने तिमीहरू मेरा भेंडा़हरू होइनौ।
यूहन्नाको सुसमाचार 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नाको सुसमाचार 10:7-26
7 Days
Amy Groeschel has written this seven-day Bible Plan in hopes it will be taken as straight from our loving Father’s heart to yours. Her prayer is that it teaches you to avoid the opposing clamor and awakens you to focus on His voice.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू