त्यति बेला येशूले फेरि भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, भेडाको गोठमा पस्ने ढोका म नै हुँ। मभन्दा पहिले आउने सबै चोर र डाकु थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। गोठमा पस्ने ढोकाचाहिँ म नै हुँ, मबाट भित्र पस्नेहरू सबै बाँच्नेछन्। उनीहरू भित्र-बाहिर आउने-जाने गर्नेछन् र खर्कमा चर्न पाउनेछन्। चोर त चोर्न, मार्न र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएको हुँ। “असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्नो भेडा बचाउन मर्न पनि तयार हुन्छ। तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्वाँसालाई देख्दा भेडालाई छोडेर भाग्छ किनभने भेडाहरू उसका आफ्ना होइनन्। ब्वाँसाले भेडाहरूलाई झम्टन्छ र तितरबितर पार्छ। ऊ नोकर मात्र हो। उसलाई भेडाहरूको वास्ता हुँदैन, त्यसैले ऊ भाग्छ। “असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्तै म मेरा भेडाहरूलाई चिन्छु र भेडाहरूले पनि मलाई चिन्छन्। म भेडाहरूको लागि आफ्नो जीवन नै दिन पनि तयार छु। अब यस गोठमा नभएका मेरा अरू भेडाहरू पनि छन् र मैले तिनीहरूलाई पनि ल्याउनुपरेको छ। तिनीहरूले मेरो सोर सुन्नेछन् अनि मेरा सबै भेडाहरू एउटै बगाल भएर एउटै गोठालोका हुनेछन्। “मेरो पिताले मलाई माया गर्नुहुन्छ किनभने म आफ्नो प्राणलाई सुम्पिन्छु अनि फेरि लिनेछु। कसैले यसलाई खोस्नेछैन, यो त म आफ्नो खुसीले दिनेछु। मलाई आफ्नो प्राण अरूको लागि दिने हक छ साथै यो प्राण फेरि फिर्ता लिने हक पनि छ। मेरा पिताले मलाई दिनुभएको आज्ञा पनि यही नै हो।” यो सुनेर यहूदी अगुवाहरूको बीचमा फेरि फाटो भयो। धेरैले भने, “त्यसलाई भूत चढेको छ। त्यो त बहुला हो। किन तिमीहरू त्यसका कुरा सुन्छौ?” तर अरूहरूले भने, “भूत चढेको मान्छेले यस्तो कुरा गर्दैन! के भूत चढेको मान्छेले पनि अन्धाको आँखा निको पार्न सक्छ र?” हिउँदको बेला थियो र यरूशलेममा मन्दिर अर्पणको चाड आएको थियो। येशू मन्दिरको सोलोमन भन्ने दलानमा घुम्दै हुनुहुन्थ्यो। यहूदी अगुवाहरूले उहाँको वरिपरि जम्मा भएर भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा पार्नुहुन्छ? हामीलाई सिधै भन्नुहोस् न, के तपाईं साँच्चै नै मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ?” येशूले भन्नुभयो, “मैले अघि नै भनिसकेको छु, तर तिमीहरू विश्वासै गर्दैनौ। मैले मेरो पिताको अधिकार पाएर गरेका कामहरूले नै म को हुँ भनी देखाउँछन्। तर तिमीहरू मेरा भेडा होइनौ, त्यसैले तिमीहरूले मलाई विश्वास गर्दैनौ।
यूहन्ना 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 10:7-26
7 Days
Amy Groeschel has written this seven-day Bible Plan in hopes it will be taken as straight from our loving Father’s heart to yours. Her prayer is that it teaches you to avoid the opposing clamor and awakens you to focus on His voice.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू