त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो। दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले। दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्। सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।” तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?” नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।” त्यसपछि दाऊद भुइँबाट उठे। आफू स्नान गरे र लुगाहरू लगाए र तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए। दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।” दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइनँ र रोइमात्र रहें कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’ तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”
शमूएलको दोस्रो पुस्तक 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: शमूएलको दोस्रो पुस्तक 12:15-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू