दाजुभाइहरू हो, एउटा रहस्य तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु। त्यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्नै लागि घमण्ड गर्नेछैनौ। यो रहस्य यस्तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्टमा नआउञ्जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ। त्यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्त्रमा लेखिएको छ, “सियोनदेखि मुक्तिदाता आउनुहुनेछ, याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।” अनि प्रभु भन्नुहुन्छ, “तिनीहरूको पाप मेटेर मैले तिनीहरूसँग बाँधेको करार पूरा गर्नेछु।” सुसमाचारमा विश्वास नगरेकोले नै कोही इस्राएलीहरू परमेश्वरका शत्रु भएका हुन्। त्यसले गर्दा तिमीहरूलाई चाहिँ फाइदा भएको हो अनि परमेश्वर आफैंले छान्नुभएको हुनाले र पुर्खाहरूको कारणले गर्दा परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ किनभने परमेश्वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्न र बोलाइसकेकालाई कहिल्यै पनि त्याग्नुहुन्न। उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्वरको दया तिमीहरूले पाएका हौ। आज अट्टेरी गरेर बस्नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्वरले तिमीहरूलाई दया देखाउनुभयो। सबै मानिसहरूलाई दया देखाउन परमेश्वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्द गरिदिनुभयो।
रोमी 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 11:25-32
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू